काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)मा जनकपुर बोल्टस्को गोल्ड पार्टनर टेक्नोले टोलीलार्ई चीन भ्रमणमा लैजाने भएको छ ।
टेक्नोले जीतको उत्साहलाई रोचक बनाउँदै टिमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको हो ।
जनकपुर बोल्टस् ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । टेक्नोले जनकपुर बोल्टससँगै विभिन्न अवरोधहरू सामना गरी अवसरहरूको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।































प्रतिक्रिया