को हुन् अफ्रिदी र तेण्दुलकरको रेकर्ड तोड्ने नेपाली रोहित ? (भिडियोसहित)

को हुन् अफ्रिदी र तेण्दुलकरको रेकर्ड तोड्ने नेपाली रोहित ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व क्रिकेटका सर्वाधिक विष्फोटक ब्याट्सम्यान पाकिस्तानका शहिद अफ्रिदीको रेकर्ड तोडेपछि यतिवेला नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेल अन्तरराष्ट्रिय क्रिकेट जगत् मै ‘हटकेक’ बनेका छन् ।

नेपाली क्रिकेटर रोहित अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडि बनेका छन् । दुबईमा शनिबार युएई बिरुद्धको दोश्रो एकदिवसीय सिरिजमा उनले ५७ बलको सामना गर्दै ७ चौकासहित ५५ रन बनाएका थिए ।

यो सँगसँगै उनले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी र टेष्ट क्रिकेटमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको नाम लेखाउन सफल भएका छन् ।

सचिनले १६ वर्ष २१३ दिनको उमेरमा अन्तराष्ट्रिय क्रिकेटमा अर्धसतक बनाएका थिए । उनले सन् १९८९ मा पाकिस्तानबिरुद्ध भएको टेष्टमा ५९ रन बनाउँदैं सबैभन्दा सानो उमेरमा टेष्ट खेलमा अर्धशतकको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।

त्यस्तै एकदिवसिय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानका ब्याट्सम्यान शाहीद अफ्रिदीले आफ्नो नाम लेखाउन सफल भएका थिए । उनले सन् १९९६ मा केन्याको नैरोबीमा भएको श्रीलंका बिरुद्धको खेलमा ३७ बलमै अर्धशतक बनाएर आफ्नो कीर्तिमानी राखेका थिए । उनी त्यस बेला मात्र १६ वर्ष २ सय १७ दिनका थिए ।

२ सेप्टेम्वर २००२ मा नवलपरासीमा जन्मिएका क्रिकेटर रोहित अहिले मात्र १६ वर्षका भए । उनी अर्धशतक बनाउदा सचिन र अफ्रिदी भन्दा सात महिना कान्छा छन् । शुरुवातमा ब्याट्सम्यानको भूमिका निभाउँदै आएका उनी नेपाली राष्ट्रिय टोलीको अलराण्डर बन्न पनि सफल भए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आधिकारीकवेभ पोर्टलमा नेपालका रोहित एकदिवसीय खेलमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने क्रिकेटर बनेको समाचार सम्प्रेशण भएपछि अन्तर्राष्ट्रिय मिडियाले उनलाई पछ्याएका थिए ।

अचम्मको कुरा के भने विश्व रेकर्ड कायम गर्दा सम्म उनले केही जानकारी पाएनन् । उनी भन्छन्, ‘मैले रेडर्कबारे सुनेँ, यो मलाई सपना जस्तो लागेको छ । यस्तो रेकर्ड बनाउँछु वा तोड्छु भन्ने कहिले पनि सोचेको थिएन् । रेकर्ड बन्दा निकै खुशी लागेको छ । मलाई ४० रन सम्म आफुले स्कोर बनाएको याद छ । त्यसपछि बिर्सिएछु । करण केसी दाईले भनेपछि मात्रै अर्धशतक पूरा गरेको थाहापाँए र ब्याट उठाएँ । यो ठूलो सपना पुरा गरे जस्तै हो।’

Logo