कर्णालीविरुद्ध पोखरा सस्तैमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

कर्णालीविरुद्ध पोखरा सस्तैमा अलआउट, बोसिस्टोले लिए ६ विकेट

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सस्तैमा समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा सवै विकेट गुमाउँदै १०३ रनमा समेटिएको हो । पहिलो पावर प्लेमा निकै उत्कृष्ट प्रदर्शन गरेको पोखराले पछि नाटकिय रुपमा विकेट पतन भयो । पोखराका लागि ओपनर दिनेश खरेलले १९ बलमा सर्वाधिक २६ रन जोडे । अर्को ओपनर आन्द्रेस गौसले पनि २५ रन जोडे । रेमन रेफर २० रनमाा समेटिँदा अन्य खेलाडीले राम्रो गर्न सकेनन् ।

कर्णाली याक्सका विलियम बोसिस्टोले एक्लैले पोखराको ६ विकेट लिए छन् । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।

चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ ।

Skip This
Skip This
Logo