जनकपुरविरुद्ध काठमाडौँ १०१ रनमा अलआउट, ललितको एकै खेलमा दुई मेडन

जनकपुरविरुद्ध काठमाडौँ १०१ रनमा अलआउट, ललितको एकै खेलमा दुई मेडन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गुर्खाज १०१ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाडौँ १९.३ ओभरमा १०० रनमा अलआउट भएको हो ।

काठमाडौँका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । स्टिफन एस्किनाजीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लिगमा जनकपुर बोल्ट्सका बलर ललितनारायण राजवंशीले एकै खेलमा दुई मेडन राखेर एनपीएलमा एकै खेलमा दुई मेडन राख्ने पहिलो खेलाडी बनेका छन् ।

चार ओभर बलिङ गरेका ललितले २ ओभर मेडन राख्दै ८ रन दिएर तीन विकेट लिए । ललितले यो सँगै यस प्रतियोगीतामा १० विकेट हात पारेका छन् । उनी विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् ।

Skip This
Skip This
Logo