यूएईका अलराउन्डर बसिल हमिद चितवन राइनोजमा अनुबन्धित

यूएईका अलराउन्डर बसिल हमिद चितवन राइनोजमा अनुबन्धित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को फ्रेन्चाइजी क्लब चितवन राइनोजले यूएईका अलराउन्डर बसिल हमिदलाई अनुबन्ध गरेकाे छ।

३२ वर्षीय बसिल मिडल अर्डर दायाँ हाते ब्याटर हुन् भने उनले अफब्रेक बलिङ पनि गर्छन् । उनले ६१ टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ७८२ रन बनाएका छन् । उनको उच्च स्कोर ५१ रहेको छ । उनले दुई अर्धशतक हिर्काएका छन् । उनले कूल ३८ विकेट लिएका छन् ।

उनको बलिङ औसत ६.९९ रहेको छ भने उनको सबैभन्दा राम्रो प्रदर्शन २५ रन खर्चेर ४ विकेट लिएका छन्।

Skip This
Skip This
Logo