काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन् ।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।
संसारभर चर्चित दिग्गज क्रिकेटर लाराले सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका छन् । उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।
सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।































प्रतिक्रिया