नेपालको दोस्रो एक दिवसीय क्रिकेट आज

नेपालको दोस्रो एक दिवसीय क्रिकेट आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गतवर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो । साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो ।

पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो । त्यही अधुरो लक्ष्यलाई साकार पार्न नेपाल शुक्रबार ( आज ) बाट संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दोस्रो एकदिवसीय शृंखलामा विजयी नतिजाको पर्खाइमा हुनेछ ।

तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउन मंगलबार बिदाइ भएको नेपाली टोली आयोजकको भूमिमा शृंखलाको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुआत गर्ने उद्देश्यमा हुनेछ । बाँकी खेलमा पनि जितलाई निरन्तरता दिँदै शृंखला हात पार्न प्रयासरत रहनेछ । प्रारम्भिक टोलीमा परेका नयाँ अनुहार र अनुभवी खेलाडीको संयोजनले टोलीलाई आशावादी बनाएको हो ।

नेपाली टोलीलाई आयोजकविरुद्ध सहज भने हुने छैन । २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन । त्यसैले नेपाललाई इतिहास रच्न पनि राम्रो गर्नु जरुरी छ ।
नागरिकबाट

Logo