काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरको ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र एक छक्काको मदतमा सर्वाधिक ४२ रन जोडे । उनी अविजित रहे । ब्रान्डन म्याकमुल्लनले २३ रन, कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन जोड्दा हरमित सिंह १३ रनमा आउट भए । यसैगरी बिनोद भण्डारीले १४ रन र इशान पाण्डेले १० रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिँदा सागर ढकाल र माइकल लिस्कले समान एकएक विकेट लिए ।































प्रतिक्रिया