काठमाडौँ । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य दिएको छ ।
कर्णालीले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो । कर्णालीका लागि जयकिशन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।
विलियम बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरे । सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले ५२ रनको योगदान गरेका छन् ।































प्रतिक्रिया