काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो ।
सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
एनपिएलमा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि लिग चरण र पहिलो क्वालिफायरमा दुई टोली एकआपसमा भिड्दा सुदूरपश्चिमले बाजी मारेकाे थियाे । आज के हाेला त्याे भने हेर्न बाँकी छ ।





























प्रतिक्रिया