फाइनलमा सुदूरपश्चिमको उत्कृष्ट ब्याटिङ, शेफले हाने अर्धशतक

फाइनलमा सुदूरपश्चिमको उत्कृष्ट ब्याटिङ, शेफले हाने अर्धशतक

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो १० ओभरमा विना विकेट ९७ रन बनाएको छ । क्रिजमा ओपनर शेफ जैबले अर्धशतक प्रहार गरेका छन् । उनले २४ बलमा पूरा गरेका हुन् ।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

Logo