जनकपुर बोल्ट्सले उपाधि चुम्दा खेलाडीमा छाएकाे उत्साह [तस्विरमा]

जनकपुर बोल्ट्सले उपाधि चुम्दा खेलाडीमा छाएकाे उत्साह [तस्विरमा]

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

Skip This
Skip This
Logo