फाल्गुनन्द गोल्डकपको तेस्रो क्वाटरफाइनलः आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै

फाल्गुनन्द गोल्डकपको तेस्रो क्वाटरफाइनलः आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै

केन्द्रबिन्दु
18
Shares

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदै छ ।

आज काठमाडौँको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो साढे दुई बजे खेल शुरु हुनेछ ।

हिजो भएको दोस्रो क्वाटरफाइनल खेलमा न्यूस्टार फुटबल क्लब सुनसरीलाई हराउँदै मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार वटा क्लबसहित १० टिम सहभागी छन् ।

Skip This
Skip This
Logo