काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरूलाई सपथ ग्रहण गराउँदै राखेपले परिणाममुखी भएर काम गर्न निर्देशन पनि दिए ।
उनले सदस्यहरूलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित समारोहमा सदस्यहरूलाई शपथ गराएका हुन् । सपथ ग्रहण गर्ने सदस्यहरूमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् ।
मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरूलाई बधाई दिँदै आफ्नो चारवर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह पनि गरे । यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो ।































प्रतिक्रिया