मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपमा आयाेजक टोली मलेसियाविरुद्ध टस जितेको छ ।

मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पुजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

Skip This
Skip This
Logo