काठमाडाैं । नेपाल प्रिमियर लिगको प्रथम संस्करणको सफल आयोजनापछि मुख्य प्रायोजक ब्लु स्टार लिमिटेडको अग्रसरतामा चितवन राइनोजका केही खेलाडी, व्यवस्थापक टोली तथा प्रायोजक प्रतिनिधि यही माघको तेस्रो हप्ता दुबई भ्रमणमा जाने भएकाे छ ।
भ्रमणका क्रममा टोलीले मध्यपूर्वी राष्ट्रको क्रिकेट संस्कृति अनुभव गर्नुका साथै हाल जारी इन्टरनेशनल लिग टी२०को अत्याधुनिक पूर्वाधार अवलोकन गर्ने अवसर पाउनेछ। यसले खेलाडी र व्यवस्थापन टोलीलाई व्यक्तिगत तथा व्यावसायिक रूपमा थप सशक्त बनाउन मद्दत गर्नेछ।
ब्लु स्टार लिमिटेडका निर्देशक प्रतीक पन्तले भ्रमणको महत्त्वबारे जोड दिँदै भने,”ब्लु स्टार नेपालमा बढ्दो खेल संस्कृति प्रवर्द्धन र विस्तार गर्न उत्साहित छ। चितवन राइनोज तथा नेपालका अन्य सम्पूर्ण क्रिकेट समुदायहरूसँग हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउन, टोलीको दुबई भ्रमण एउटा महत्वपूर्ण उपलब्धि हुनेछ।”
नेपाली खेलकुदमा एउटा अद्वितीय अध्याय लेख्ने यस यात्राले नेपाली क्रिकेटको पहिचान अझ मजबुत बनाउनेछ ।































प्रतिक्रिया