काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन जोडेको हो । नेपालका लागि पूजा महतोले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरिन् । ५१ बलको सामना गरेकी उनी ६२ रनमा अविजित रहिन् । सो क्रममा उनले ५ चौका प्रहार गरेकी थिइन् । उनी नेपाली यु१९ की कप्तान पनि हुन् ।
यसैगरी कप्तान इन्दु बमाले ३९ रन जाड्दा रुविना क्षेत्रीले २० रन बनाइन् । ब्याटिङमा यो नेपालको शृङ्खलाकै राम्रो प्रदर्शन हो । तर, नेपाल जितविहीन छ, त्यो खडेरी तोड्ने आज नेपाललाई राम्रो मौका छ ।
यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।
यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्दै दाउमा रहेको छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो ।































प्रतिक्रिया