अन्तर्राष्ट्रिय कुस्तीमा नेपाललाई ५ पदक हात पर्यो

अन्तर्राष्ट्रिय कुस्तीमा नेपाललाई ५ पदक हात पर्यो

केन्द्रबिन्दु
36
Shares

राजविराज । सप्तरीको तिरहुत गाउँपालिमा संचालित अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिकास्थित बाबा बनष्खण्डीको प्राङ्गण मैदानमा आयोजितप्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा प्रतिष्पर्धा सम्पन्न भएको छ । जसमा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल रहे । यस्तै भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिष्पर्धामा एक–एक जित निकाल्न सफल भए ।

पुरुषतर्फ नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे । यस्तै भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे । महिलातर्फ भएको दुई प्रतिष्पर्धामा नेपालकी ज्योती साहले भारतकी सोनाक्षीलाई पाखा लगाइन भने अर्को प्रतिष्पर्धामा भारतकी नम्रताले नेपालकी पुनिता यादवलाई पराजित गरिन् ।

तीन दिनसम्म चलेको प्रतियोगिता अन्तरगत महिलातर्फ दुई र पुरुषतर्फ ११ प्रतिष्पर्धा भएकोमा पुरुषतर्फ भारतले सात र नेपालले चार पदक ल्याउन सफल भयो भने महिलातर्फ दुबै देशले एक–एक पदक बाडेका छन् । प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार बितरण समारोहमा प्रमख अतिथि गाउँपालिका अध्यक्ष बिजय यादव, प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव, प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

उक्त प्रतियोगितामा रामकुमार यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Logo