विश्व च्याम्पियन बडिबिल्डर महेश्वरलाई विमानस्थलमा भव्य स्वागत

विश्व च्याम्पियन बडिबिल्डर महेश्वरलाई विमानस्थलमा भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व च्याम्पियन नेपाली बडिबिल्डर महेश्वर महर्जनलाई नेपालमा भव्य स्वागत गरिएको छ । थाइल्याण्डमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका बडिबिल्डर महर्जनलाई भव्य स्वागत गरिएको हो ।

शारीरिक सुगठनको ७५ केजी तौल समूहमा अन्य देशका खेलाडीलाई पछि पार्दै महेश्वरले स्वर्ण जितेका थिए । उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, नेपाली शारीरिक सुगठनका पदाधिकारी, महेश्वरका परिवार लगायत समर्थकले विमानस्थलमै पुगेर महेशलाई स्वागत गरेका हुन्। स्वर्ण जितेर नेपाल फर्केपछि महेश्वरले नेपाललाई पदक दिलाउन पाएकोमा गर्व लागेको प्रक्रिया दिएका छन् ।

विश्व च्याम्पियनसिपमा स्वर्ण जितेपछि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उनलाई नगद ३ लाख पुरस्कारबाट सम्मान गर्ने घोषणा गरिसकेका छन्। उनले ७५ केजी तौल समूहमा भारत र सिंगापुरका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

Logo