ईपीएलको फाइनलमा भैरहवाबिरुद्ध ललितपुरको व्याटिङ जारी

ईपीएलको फाइनलमा भैरहवाबिरुद्ध ललितपुरको व्याटिङ जारी

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधिका लागि अहिले भैरहवाबिरुद्ध ललितपुरले व्याटिङ गरिरहेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर भैरहवा ग्लाडियटर्सले फिल्डिङ लिएपछि ललितपुर प्याट्रियोट्सले पहिला व्याटिङ शुरु गरेको हो ।

ललितपुरले लिग चरणको पहिलो खेलमा हार ब्यहोरेको थियो। त्यसपछि चार खेलमा जीत हात पार्दै समूहको विजेता बनेको थियो । ललितपुरले यस अघि विराटनगरसँग पहिलो खेलमा तीन विकेटको हार ब्यहोरे थियो। त्यसपछिका खेलहरुमा क्रमश चितवन टाइगर्सलाई ११ रनले, पोखरालाई ८ विकेटले, काठमाडौंलाई १० विकेटले र भैरहवालाई ६ विकेटले हराएको थियो ।पहिलो क्वालिफायरमा काठमाडौंमाथि एक विकेटको जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताकै सबैभन्दा बढी रन बनाउने खेलाडीको तेस्रो स्थानमा रहेका गौरव तोमर ललितपुरकै खेलाडी हुन्। ब्याटिङतर्फ जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्ल छन्। बलिङतर्फ सन्नी पटेल उत्कृष्ट फर्ममा छन् ।

पोखरालाई चार विकेटले, चितवनलाई १२ रनले, विराटनगरलाई चार विकेटले हराएको भैरहवा ललितपुर र काठमाडौंसँग भने पराजित भएको थियो । १० विकेट लिएर धेरै विकेट लिने खेलाडीको सूचिमा अघि रहेका मोहम्मद नभिद र ललित सिंह भण्डारीको बलिङ भैरहवालाई चुनौति बन्न सक्नेछ । यस्तै अमिर बोहरा, डोस्चेट र शरद भेषावकर पनि राम्रो फर्ममा छन् ।

Logo