रासस दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

रासस दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भए ।

रासस केन्द्रीय कार्यालयबाट एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थिए। राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे ।

उनले खेलकुदले स्वास्थ्यसँगै कर्मचारीबीचमा सामूहिक भावना जागृत गर्ने भएकाले यसबाट हार्दिकता कायम हुने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo