काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् । मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध खेल्दा डेब्यू गरेका सन्दीपले दुई विकेट लिएका छन् । आठौं ओभरमा बलिङ गरेका सन्दीपले दोस्रो बलमा नै शेन वाट्सनको विकेट लिए ।
ओभरको अन्तिम बलमा उनले क्यालम फर्गुसनको विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिएका छन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए ।
क्यानबेराको मनुका ओभलमा सन्दीपको टोली मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बिग बास लिग खेल्ने सन्दीप एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् ।
इन्डियन प्रिमियर लिगदेखि टि—१० लिगसम्मका हरेक प्रतियोगितामा सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन् । आईपीएलका तीन खेलमा ५ विकेट लिएका सन्दीपले टि–१० लिगमा केरला नाइट्सबाट ६ विकेट लिएका थिए ।
गतवर्ष उनले दिल्ली डेयरडेभिल्सबाट खेल्दै विश्व क्रिकेटकै सबैभन्दा ठूलो ट्वान्टी–२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएका थिए ।































प्रतिक्रिया