ब्रेस्टलाई ७ गोल हान्दै पिएसजी दोस्रो चरणमा प्रवेश

ब्रेस्टलाई ७ गोल हान्दै पिएसजी दोस्रो चरणमा प्रवेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगमा ब्रेस्टलाई ७ गोलले हराउँदै पिएसजी दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधवार राति भएको दोस्रो लेग प्ले अफमा पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ७-० ले हरायो। पिएसजी एग्रिगेटमा १०-० को जित हात पार्न सफल भएको छ।

पिएसजीको जितमा खेलको २० औँ मिनेटमा ब्राडली बार्सोला र ३९ औँ मिनेटमा केभिचा केभारास्टखेलियाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। दोस्रो हाफमा थप पाँच गोल भएको हो।

दोस्रो हाफको सुरुवात ५९ औं मिनेटमा भिटिन्हा थप गोल गरे भने ६४ मिनेटमा डेजायर डेउर डोले अर्को गोल थपे। त्यसपछि खेलको ६९, ७६ र ८६ औँ मिनेटमा क्रमश नुनो मेन्डेस, गोन्जालो रामोस र टिनएजर सेनी मायुलुले गोल गर्दै बे्रेस्टमाथि ७-० को जित निकालेको हो।

पिएसजीले दोस्रो चरणमा बार्सिलोना या लिभरपुलसँग खेल्ने छ।

Skip This
Skip This
Logo