पाकिस्तानले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

पाकिस्तानले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आयोजक टोली पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीमा चिरपरिचित प्रतिद्वन्दी भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पाकिस्तानले ब्याटिङको निर्णय गर्दै भारतलाई बलिङमा निम्त्याएको हो ।

पाकिस्तान यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । आज पहिलो जितको खोजीमा छ । यता भारतले पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो ।

Logo