बाबर हायातले छक्का प्रहार गर्दा आयोजकको गाडीको सिसा फुट्यो

बाबर हायातले छक्का प्रहार गर्दा आयोजकको गाडीको सिसा फुट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ।

चितवनले दिएको १९७ रनको विशास लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि तेस्रो नम्बरमा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो।

यसअघि इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनको ७८ रनको सहायताले चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

तस्बिरः खेलपाटी

Logo