केपी ओली कप च्याम्पियनसिपमा एफसी र मछिन्द्र भिड्दै

केपी ओली कप च्याम्पियनसिपमा एफसी र मछिन्द्र भिड्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको दोस्रो खेल आज हुँदैछ । आज केपी एफसी क्लब र मछिन्द्र एफसी  बीच प्रतिस्पर्धा हुनेछ ।

खेल त्रिपुरेश्वर  स्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २–१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा, पुर्ण राइ एण्ड दाजु भाइ को प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन ।

Skip This
Skip This
Logo