काठमाडौं । नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाबीचको भिडन्त जारी छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले खराब सुरुवात गरेको छ । ३ ओभरको खेल सकिँदा मात्र ४ रन जोडेर एक विकेट गुमाएको हो । ओपनर कुपरले ९ बल खेले तर मोहम्मद शामीको बलमा शून्यमै आउट भएका हुन् ।
हाल क्रिजमा ट्राभिस हेड छन् ।
भारत समूह ‘ए’ विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ उपविजेताको हैसियतमा सेमिफाइनलमा भिडिरहेका हुन् ।































प्रतिक्रिया