एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोज लगातार तेस्रो पटक पराजित भएको छ । पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भएको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा सात विकेट गुमाउदा ८४ रन मात्र बनाउन सक्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउदा चार विकेट खेर फालेको थियो ।
जवाफी विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल टाइ भयो । विराटनगरका कप्तान पारस खड्का एक रनमा आउट भए भने अनिश शाहले खाता खोल्न सकेनन् ।
खेल टाइ भएपछि भएको सुपर ओभरमा करण केसीले २१ रनका लक्ष्य दिंदा पोखराले १३ रन मात्र बनाउन सक्यो । पोखराको शिर्ष चारमा पुग्ने संभावना कठिन बन्यो ।































प्रतिक्रिया