एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट अन्तर्गत पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिएट्स शीर्ष स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुर ८ विकेटले विजयी भएको हो । खेलमा पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्यो ।
ललितपुरका लागि सुरुआती ब्याट्सम्यानहरु गौरव तोमरले सर्वाधिक ८२ रन जोड्दा जयकिसन कोल्सवालाले ५१ रनको योगदान दिए ।यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित् २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
प्रतियोगितामा ललितपुरको यो दोस्रो जित हो । पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।





























प्रतिक्रिया