इंग्लिस प्रिमियर लिग: सलाहको ह्याट्रिकसँगै लिभरपुल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग: सलाहको ह्याट्रिकसँगै लिभरपुल शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस  प्रिमियर लिग फुटबल अन्तर्गत  मोहमद सलाहको ह्याट्रिक गोलसँगै लिभरपुल शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ४-० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा मोहमद सलाहले ३ गोल गरे भने बर्नेमाउथका स्टिभ कुकले आत्मघाती गोल गरे । सलाहले खेलको २५औं मिनेटमा अग्रता दिलाएका थिए ।खेलको ४८औं मिनेटमा सलाहले अर्को गोल गरे त्यस्तै उनले नै ७७औं मिनेटमा अर्को गोल थपे।

खेलको ६८ औं मिनेटमा कुकले आत्मघाती गोल गरे । यो जितपछि लिभरपुलले १६ खेलबाट ४२ अंक बनाएको छ।

Logo