काठमाडौं । नेपालले युगान्डामा आजबाट सुरु भएको चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन जोडेको हो ।
खराब ब्याटिङ गरेको नेपालका लागि १०औंं नंबरमा मैदानमा उत्रिएकी ईश्वरी विष्टले १४ बलमा १७ रन जोडिन् । त्यसअघि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन जोडेकी थिइन् । ११ बल मात्रै खेलेकी उनले ४ चौकाको मदतमा उक्त रन जोड्दै आउट भएपछि नेपाल निकै संकटमा परेको थियो ।
दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्। त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्। त्यस्तै पूजा महतो पनि २० बलमा १३ रन बनाएर आउट भइन्। रोमा थापालाई १८ बलमा ९ रन बनाएको अवस्थामा नेपालले पाँचौँ विकेटको रुपमा गुमाउँदा कविता जोशी १६ रनमा समेटिइन् ।
नेपाल आज जित दर्ता गर्दै प्रतियोगितामा बलियो दाबेदारी दिन चाहन्छ । किनकी नामिबिया नेपाल भन्दा विश्व वरियतामा धेरै अघि छ । अब नेपाली टोलीले भोलि युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग र फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।































प्रतिक्रिया