एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत उद्घाटन खेलमा ललितपुर पेट्रियट्सले विराटनगर वारियर्सलाई १० ५ रनको चुनौती दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनाएको हो ।
ललितपुरले शुरुदेखि नै खराब सुरुवात गरेको थियो। ललितपुरका योगेन्द्रसिंह कार्कीलाई पारस खड्काले शुन्य रनमा नै आउट गरे । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट एक रनले चुके । उनलाई करण केसीले आउट गरे।
बलिङतर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिएका थिए ।





























प्रतिक्रिया