आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) अन्तर्गत उद्घाटन खेलमा ललितपुर पेट्रियट्सले साविक विजेता विराटनगर वारियर्सबिरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
अघिल्लो संस्करणको लिगमा विराटनगरले ललितपुरलाई ६ रनले पराजित गरेको थियो । विराटनगरले दिएको एक सय ५१ रनको लक्ष्य पक्ष्याएको ललितपुर १४४ रनमा रोकिएको थियो ।
विराटनगर टिममा दुई जना दक्षिण अफ्रिका र एक जना हङकङका विदेशी खेलाडी रहेका छन । यता ललितपुरमा तीन जना भारतीय खेलाडी छन ।
‘द बिगेस्ट’ नारा रहेको इपीएलको तेस्रो संस्करणमा नेपालका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन्। यो प्रतियोगितालाई घरेलु क्रिकेटको सबै भन्दा ठूलो फ्रेन्चाईज प्रतियोगिताका रुपमा लिइन्छ । प्रतियोगितामा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।





























प्रतिक्रिया