काठमाडौं । सम्पन्न साउदी प्रो लिगमा अल नासरले सहज जित दर्ता गरेको छ । गएराती भएको खेलमा अल नासरले अल खोलूदलाई ३-१ ले स्तब्ध पारेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले समान एकएक गोल गरे । यसैगरी अल नासरका अलि लाजामीले गरेको आत्मघाती गोल अल खोलूदलाई उपहार बन्यो ।
यो जितसँगै अल नासर २५ खेलमा ५१ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । अल खोलूद ३१ अंकसहित दशौँ स्थानमा रहेको छ ।































प्रतिक्रिया