काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सनसनीपूर्ण जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा भिल्लारियलमाथि २-१ को जित दर्ता गर्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलले २८ खेलमा ६० अंक जोडेको छ । यद्यपी दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अंक जोडेको छ, उसले २ खेल खेल्न बाँकी छ ।
रियलको जितमा केलियन एम्बापेले दुवै गोल गरेका थिए । भिल्लारियलका लागि जुआनले एक गोल गरेका थिए । सुरुवाती अगता भिल्लारियलले लिएपनि रियल कमब्याक गर्न सफल भएको हो ।





























प्रतिक्रिया