ओलम्पिक कमिटी र खेलकुद मन्त्रालय आमनेसामने, मन्त्री चौधरी आक्रामक

ओलम्पिक कमिटी र खेलकुद मन्त्रालय आमनेसामने, मन्त्री चौधरी आक्रामक

केन्द्रबिन्दु
18
Shares

काठमामाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीले सरकार र खेलकुद परिषद्माथि निराधार आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले गएको चैत्र १ गते कमिटीले पत्रकार सम्मेलन गरी नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित प्रस्तुत भएर गलत सूचना दिएको भन्दै त्यसमा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गरे ।

उनले भने, ‘नेपाल ओलम्पिक कमिटीले गएको चैत्र १ गते शुक्रबार केही खेल संघका पदाधिकारीहरुलाई संलग्न गराइ पत्रकार सम्मेलनको आयोजना गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सम्मेलनमा मन्त्रालय र खेलकुद परिषद्माथि लगाएको निराधार आरोपको पूर्ण रुपमा खण्डन गर्छु । साथै यस्तो गलत सूचनामा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गर्छु । नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित उक्त सम्मेलनमा आफूहरुलाई नेपाल ओलम्पिक कमिटीको पदाधिकारी हौं भन्दै दाबी गर्नेहरुमाथि गैरकानुनी विषयलाई कानुनको परिधिमा आत्मासाथ गर्नुपर्ने हुन्छ ।’

सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेर सामान्य नागरिकको नैसर्गिक अधिकारलाई रोक्ने र धरपकट गर्ने काम गरेको आरोप लगाएका थिए ।

Skip This
Skip This
Logo