लिभरपुललाई हराउँदै न्युक्यासलले पहिलो पटक जित्यो लिग कपको उपाधि

लिभरपुललाई हराउँदै न्युक्यासलले पहिलो पटक जित्यो लिग कपको उपाधि

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । न्युक्यासल युनाइटेडले पहिलो पटक लिग कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनलमा लिभरपुललाई २-१ ले हराउँदै न्यु क्यासलले ७० वर्षमा पहिलो पटक घरेलु फुटबलको उपाधि उचालेको हो ।

न्यु क्यासलका लागि पहिलो हाफमा डान बर्न र दोस्रो हाफमा अलेक्जेन्डर इसाकले गोल गरे । लिभरपुलका लागि इन्जुरी समयमा फ्रेडिको चेइसाले एक गोल फर्काएका थिए ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको लिभरपुलका लागि यो अर्को धक्का हो । तर, प्रिमियर लिगमा भने शीर्ष स्थानमा कायमै छ र उपाधिनजिक पुगिसकेको छ ।

Logo