मेसीको गोलमा इन्टर मियामी उक्लियो शीर्ष स्थानमा

मेसीको गोलमा इन्टर मियामी उक्लियो शीर्ष स्थानमा

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेसी आबद्ध इन्टर मियामी अमेरिकी फुटबल लिग मेजर लिग सकर (एमएलएस)मा शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

आज बिहान सम्पन्न खेलमा मियामीले एट्लान्टा युनाइटेडलाई २-१ ले पराजित गर्दै लिग तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । खेलमा एट्लान्टाले अग्रता लिए पनि मियामीले कमब्याक गर्न सफल रह्यो ।

११औं मिनेटमा इमानुएल लाथको गोलमार्फत एट्लान्टाले अग्रता लिएको थियो, तर २० औं मिनेटमा मेसीले गोल गर्दै बराबरीमा फर्काए । खेल अवधिभर उनी उत्कृष्ट लयमा देखिएका थिए । त्यसपछि ८९ औं मिनेटमा फाब्रिक पिकल्टले गर्दै मियामीलाई जिताएका हुन् ।

अपराजित मियामी ४ खेलबाट १० अङ्क बनाएर अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

Skip This
Skip This
Logo