खेल मैदानविहीन मुगुः सडक, खेत र जंगलको खुल्ला स्थानमा प्रतियोगिता

खेल मैदानविहीन मुगुः सडक, खेत र जंगलको खुल्ला स्थानमा प्रतियोगिता

केन्द्रबिन्दु
48
Shares

मुगु । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नारा भएपनि जिल्लाको सदरमुकाममा खेलमैदान,रंगशाला, टुँडिखेल, सार्वजनिक मञ्च नहुँदा मुगुका खेलाडीहरु समस्यामा परेका छन् ।

जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान, रंगशाला, टुँडिखेल, सार्वजनिक मञ्च नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ । खेल मैदान अभावमा खेलकुद गतिबिधि प्रायः शून्य हुने गरेको छ । त्यसबाहेक अन्य गतिविधि गर्न पनि कुनैपनि सार्वजनिक खुल्ला स्थान नहुँदा गमगढी बजारको सडक, खेतबारी, बनजगंल र सरकारी कार्यालयका मैदान प्रयोग हुने गरेको छ ।

खेलमैदान अर्थात कभर्डहल लगायतका भौतिक संरचना नहुँदा खेलाडीहरु सरकारी कार्यालयका खुल्ला मैदान, खेतबारी, बनजगंलमा खेल खेल्न बाध्य छन् ।

दलका नेता जनप्रतिनिधीहरुले खेलमैदानको लागि चुनावी घोषण पत्रमै सिमित हुने गरेको छ । खेलाडीहरुबाट खेलमैदान लगायत संरचना निर्माण गरिदिने बाचा गरेर मत लिने बिजय भएर गइसकेपछि खेल क्षेत्रलाई विर्सिने गरिएको खेलाडी लोकेन्द्र बहादुर मल्लको गुनासो । जिल्लामा भलिबल, फुटबल, ब्याटमिटन, कराँतेलगायतका खोलाडी धेरै रहेपनि मैदानको अभाव व्यहोरिरहेको कर्णजङ्ख शाहीले बताए ।

सामाजिक विकास कार्यालय मुगुमा कर्णाली प्रदेश सरकारबाट खेल गतिबिधिको लागि बजेट नपठाएको, बर्षौदेखि कुरा गरेपनि यसबर्ष एक करोड रुपैंयाँ कभर्डहल निर्माणका लागि रकम प्राप्त भएको बताइन्छ । आगामी आर्थिक बर्ष सदरमुकाम आसपास उपयुक्त ठाँउ हेरेर सरोकारवालाहरुसँग सहकार्य गरेर खेल मैदान निर्माण थालिने सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले बताए ।

जिल्लाबाट मात्र राष्ट्रिय स्तरका प्रतियोगिता खेल्न विभिन्न २७ जना खेलाडी सहभागी भएका छन्, प्रदेश स्तरमा पनि ५० भन्दा बढी खेलाडीहरु पुगिसकेका छन् । तर बजेट अभावका कारण काम गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले बताए ।

Logo