ब्राजिलका मुख्य प्रशिक्षक डोरिभल जुनियर बर्खास्त

ब्राजिलका मुख्य प्रशिक्षक डोरिभल जुनियर बर्खास्त

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । विश्व फुटबलको महारथी ब्राजिलका मुख्य प्रशिक्षक डोरिभल जुनियर बर्खास्तीमा परेका छन् । ब्राजिलले लगातार खराब प्रदर्शन गरेपछि उनलाई बर्खास्त गरिएको हो ।

ब्राजिलले फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग ४-१ को हार व्यहोरेको थियो । फिफा विश्वकप छनोटमा ब्राजिलको प्रदर्शन उत्साहजनक नदेखिएपछि ६२ वर्षीय जुनियरलाई बर्खास्त गरिएको ब्राजिल फुटबल फेडेरेसनले जनाएको छ ।

६२ वर्षीय जुनियर सन् २०२४ जनवरीदेखि राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए ।

सन् २०२४ जनवरीदेखि राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा रहेका जुनियरले आफ्नो प्रशिक्षणकालको १६ खेलमध्ये सात जित, ६ बराबरी र तीनमा हार व्यहोरेका थिए ।

Skip This
Skip This
Logo