क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली क्रिकेट खेलका चर्चित खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेशनमा बसेको पनि उनले जानकारी दिएका छन् । उनी बुधबारदेखि होम आइसोलेशनमा बसेका हुन् ।

स्वास्थ्यमा क्रमशः सुधार भइरहेको पनि उनले जनाएका छन् । केही दिनमै आफू निको भएर काममा फर्कने पनि उनले जनाएका छन् ।

Logo