ए डिभिजन लिग: आज तीन खेल हुँदै

ए डिभिजन लिग: आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र विभागीय टिम एपीएफ क्लबबीच खेल हुदैछ।  एपीएफले जारी लिगमा २ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ ।  ब्रिगेड ब्वाइजले भने कुनै खेल जित्न सकेको छैन ।

त्यसै गरि दोश्रो खेल विभागीय टिम नेपाल आर्मी क्लबले अर्का विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दै छ।  यो खेल दिउँसो दुई बजेर ३० मिनेटमा हुनेछ । 

 

त्यस्तै, आज नै हलचोकस्थित एपीएफको खेल मैदानमा मछिन्द्र क्लबले संकटा क्लबसँग दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र क्लबले अहिलेसम्म दुबै खेलमा बराबरी खेलेको छ । संकटाले भने दुबै खेल जित्दै ६ अंक बनाएको छ ।

Logo