काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भइसकेको छ ।
मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हासिल गरेको छ । १६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडेमीले १९।२ ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल गरेका छ ।
हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिँदै क्याच आउट भएका थिए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दिपक बोहोरा १ रनमा क्याचआउट भएका थिए भने खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भएका छन् । हिमाल दुल्याल ५ र अभिषेक बुढायर ९ रनमा आउट हुनुका साथै सोनु देवकोटा ३६ रनमा नटआउट भएको बताइएको छ । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।
दिपेश विष्ट शून्यमै पेभिलियन फर्किए भने प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट भएका थिए । उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरेको बताइएको छ । ग्रेट हिमालयका लागि सन्दिप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान २÷२ तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले १/१ विकेट लिएको जानकारी दिइएको छ ।
त्यसअघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । अभिषेक थापा ४२ रनमा नट आउट रहे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । किरण बुढामगर १ रनमा नट आउट रहे । ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए । कृष कार्की १६ रनमा क्याछ आउट भए ।
दिपेश बुढा मगर शून्यमै पेभेलियन फर्किए । उत्तम रंघु थापा मगर १७ रनमा क्याच आउट भएका थिए । अशोक पौडेल पनि ३७ रन बनाउँदै क्याच आउट भएका थिए । उनले सो खेलमा २६ बलमा ४ चौका र २ छक्का प्रहार का छन् । दिपक केवत १३ रनमा क्याच आउट हुनुका साथै रुपेश कुमार श्रीवास्तव ८ रनमा क्याच आउट भए भने चन्द्रकान्त पौडेल ६ रनमा बोल्ड भए ।
शून्यमा पेभेलियन सन्दिप पराजुली फर्किएका थिए । हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसी, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान २/२ विकेट लिए भने दिपक चन्दले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए ।
दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लब माथि ४ विकेटको जित हासिल गरेको छ । १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३।३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पूरा उक्त टिमले गरेको छ । गण्डकीले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भएका थिए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । र, अर्जुन कुमालले ३७ रनको योगदान दिँदै बोल्ड आउट भएका थिए । उनले २० बलमा ७ चौका प्रहार गरे ।
दिपक डुम्रे १८ रनमा बोल्ड भए । सुजन थपलिया शून्यमा एल्बी डब्लु आउट भए । बसन्त कार्की ९, अमिर गुरुङ ६ रनमा आउट भए । मिलन बोहोरा ५ र सुदिप अर्याल १ रनमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधि ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनायो । ओपनर आसुतोस घिराया १६ रनमा रनआउट भए । गोविन्द विक १२ रनमा रनआउट हुनका साथै विवेश रानामगर १६ रनमा क्याचआउट भएका थिए । प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । गौतम केसी १२ रनमा एलबी डब्लु आउट भए ।
दिपेश श्रेष्ठ २ रनमा, कमल परियार ५ रनमा र रिजन काफ्ले ३ रनमा आउट भए । यसैगरी क्रिजन गुरुङ ३ रनमा रनआउट भए भने सुर्यान्सु कोइराला १७ र नरेश प्रधान शून्यमा नटआउट रहे । सुर्यान्सुले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । गण्डकी हिरोजका लागि सुदिप अर्यालले २ तथा विपिन खत्री, कृष्ण पौडेल, नारायण जोशी, मिलन बोहोराले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित भए ।































प्रतिक्रिया