लखनउलाई गुजरातले दियो १८१ रनको लक्ष्य

लखनउलाई गुजरातले दियो १८१ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जारी सिजनमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

लखनउको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोडेको हो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६० रन जोडे । अर्का ओपनर साई सुदर्शनले ३७ बलमा ७ चौका र १ छक्काको मदतमा ५६ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

ओपनरद्वय आउट भएपछि भने उही लय रहेन । सेरफाने रदरफोर्डले १९ बलमा २२ रन बनाउँदा जोस बट्लर १४ बलमा १६ रन जोडेर आउट हुन पुगे ।

बलिङमा लखनउका लागि सार्दुल ठाकुर र रवि विश्नोईले समान २–२ विकेट लिए । दीग्वेश राठी र अभेष खानको नाममा एक–एक विकेट रह्यो ।

Skip This
Skip This
Logo