राष्ट्रिय खेलकुद परिषदले ३ जना पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ ।
पारा ओलम्पियन मैया विशंखे, विक्रमबहादुर राना र लक्ष्मी कुँवरलाई गत साउनदेखि कात्तिक महिनासम्मको जनही १२ हजार रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिक खेलेका थिए । खेलाडीलाई राखेपका सदस्यसचिव केशवकुमार बिष्टले भत्ता प्रदान गरे ।
राखेपले हाल सन् १९६४ पछि गृष्मकालीन खेलकुदमा सहभागी नेपालका ५९ खेलाडीलाई मासिक तीन हजारका दरले गत साउनदेखि भत्ता उपलब्ध गराउन थालेको छ ।





























प्रतिक्रिया