नेपालले आज ओमानसँग खेल्दै, दोस्रो जितको खोजी

नेपालले आज ओमानसँग खेल्दै, दोस्रो जितको खोजी

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा आज ओमानसँग खेल्दैछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जितको खोजीमा छ । आइतबार नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ । यसर्थ नेपालसामु हरेक खेल जित्नुपर्ने चुनौती छ ।

Skip This
Skip This
Logo