काठमाडौं । काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच खेल जारी छ ।
नेपालले टस जितेर पहिले बलिङ रोजेपछि ओमान ब्याटिङमा उत्रिएको छ ।
ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जितको खोजीमा छ । आइतबार नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।































प्रतिक्रिया