बायर्नलाई हराउँदै इन्टर पनि सेमिफाइनलमा

बायर्नलाई हराउँदै इन्टर पनि सेमिफाइनलमा

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले पनि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

गएराति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि पहिलो लेगमा बायर्नकै मैदानमा २–१ को जित निकालेको इन्टरले समग्रमा ४–३ को जित निकाल्न सफल भयो ।

बुधबार सान सिरोमा इन्टरका लागि लौटारो मार्टिनेज र बेन्जामिन पाभार्डले गोल गरे भने बायर्नका लागि ह्यारी केन र एरिक डिएरले गोल गरे ।

इन्टरले अब प्रतियोगिताको फाइनलमा स्थान बनाउन स्पेनिस क्लब बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Skip This
Skip This
Logo