पञ्जाबले बेङ्गलोरलाई उसकै मैदानमा हरायो

पञ्जाबले बेङ्गलोरलाई उसकै मैदानमा हरायो

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेङ्गलोरमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । गएराति भएको खेलमा पञ्जाबले बेङ्गलोरलाई उसकै मैदानमा ५ विकेटले हराएको हो ।

वर्षाका कारण खेल १४ ओभरमा छोट्याइएको थियो । जसमा बेङ्गलोरले दिएको ९६ रनको लक्ष्यलाई पञ्जाबले ५ विकेटको क्षतिमा ११ बल बाँकी छँदै भेट्यायो । पञ्जाबका लागि नेहल वडेराले अविजित ३३ रन जोडे । ओपनर प्रियांश आर्यले १६ रन, विकेट किपर जोज इंग्लिसले १४ रन र अर्का ओपनर प्रभसिमरन सिंहले १३ रनको योगदान दिए ।

बलिङमा बेङ्गलोरका जोस हेजलवुडले तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्गलोरले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन मात्रै जोड्न सक्यो । बेङ्गलोरका लागि टिम डेभिडले अविजित अर्धशतकको योगदान गरे । उनले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेर ५० रन जोडे । कप्तान रजत पाटीदारले २३ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

बलिङमा पञ्जाबका अर्शदीप सिंह, मार्को जनसन, युज्वेन्द्र चहल र हरप्रीत बराडले समान दुई/दुई विकेट लिए ।

यो जितसँगै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पञ्जाबको ७ खेलबाट १० अंक छ । यता बेङ्गलोर भने ७ खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

Skip This
Skip This
Logo