अझै सुरु हुन सकेन नेपाल र अफगानिस्तानको खेल, धमाधम हटाइँदै पानी

अझै सुरु हुन सकेन नेपाल र अफगानिस्तानको खेल, धमाधम हटाइँदै पानी

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । घरेलु टोली नेपाल र अफगानिस्तानबीच हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेल अझै सुरु हुन सकेको छैन । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भनिएपनि वर्षाका कारण दिउँसो १२ बजेसम्म सुरु हुन नसकेको हो ।

अहिले पानी रोकिएको छ। यद्यपि मैदान चिसो भएका कारण खेल सुरू हुन सकेको छैन। मैदानबाट धमाधम पानी हटाउने कार्य भइरहेको छ । काठमाडौंमा शनिबार दिउँसो पनि पानी पर्ने सम्भावना छ। वर्षाका कारण खेल हुन नसके नेपालले विश्वकपमा पुग्ने सुनौलो अवसर गुमाउनेछ।

नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । यस खेल जित्ने टोली आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । यसअघिका तीन खेलमा दुवै टोली अपराजित छन् ।

Logo